सानीमा माई हाइड्रोपावर कम्पनीले लगानीकर्तालाई शतप्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानीमा माई हाइड्रोपावर कम्पनीले लगानीकर्तालाई शतप्रतिशत हकप्रद दिने



sanima_11_16_2015_1_17_48काठमाडौं,८ भदौ  । सानीमा माई हाइड्रोपावर कम्पनीले लगानीकर्तालाई शतप्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । कम्पनीले हकप्रद सम्बन्धि निर्णय गर्नका लागि आगामी भदौ ३१ गते पाँचौ साधारणसभा बोलाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । हकप्रद सेयर दिए पछि त्यो २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको साधारणसभाका लागि भदौ १५ देखि ३१ गतेसम्म बुक क्लोज गरेको जानकारी समेत कम्पनीले नेप्सेलाई दिएको छ ।

प्रकाशित : ८ भाद्र २०७३, बुधबार ०९:४९