सुमार्गीको विदेशबाट आएको रकम बारे प्रधानमन्त्रीको चासो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुमार्गीको विदेशबाट आएको रकम बारे प्रधानमन्त्रीको चासो



Ajeyaraj-Sumargi-hetauda1.jpg.pagespeed.ce.aeUnEGYSeGकाठमाडौं । लामो समयदेखि रोकिएको व्यापारी अजय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्।

अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको सामूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेको हुन् ।
दाहालले सबै अधिकारीको धारणा बुझे पनि कुनै पनि निकायलाई केही निर्देशन दिएका छैनन् । ‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गतसाता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाल, राजश्व सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सह (सचिवहरू र राष्ट्र बैंकका अन्य अधिकारीहरू सहभागी थिए । बैठकमा दाहालले सरकारी अधिकारीसँग रकम रोकिनुको कारण, कानुनी व्यवस्थालगायतका विषयमा जानकारी लिएका थिए ।

दाहाल निकटकै व्यापारी सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी एफडिआईका रूपमा नेपाल ल्याउन लागिएको ११ अर्ब रूपैयाँ रोकिएको छ । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित : ९ भाद्र २०७३, बिहीबार ०३:२६