विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव



money2-390x293काठमाडौं, ११ भदौं । नयाँ जलविद्युत् आयोजना निर्माण गर्न आन्तरिक स्रोतबाट तत्काल करिब एक खर्ब ४३ अर्ब रुपैयाँ जुटाउन सकिने भएको छ । विद्युत् उत्पादनमा लगानी आह्वान भएमा यो रकम तत्काल दिने सरकारी कोष तथा कम्पनीहरूको प्रस्ताव छ ।

जलविद्युतमा स्वदेशी लगानीबारे ऊर्जामन्त्री जनार्दन शर्माले शुक्रबार बोलाएको छलफलमा सरकारी कोष तथा कम्पनीहरूले विद्युत्मा लगानी प्रस्ताव गरेका हुन् । उनीहरूले आफूसँग अहिले रहेको ८८ अर्ब ६० करोड रुपैयाँ र वार्षिक जम्मा हुने रकमबाट प्रतिवर्ष ५४ अर्ब ६० करोड रुपैयाँ जलविद्युत् आयोजनामा लगानी गर्न सकिने प्रस्ताव गरेका छन् ।

ऊर्जामन्त्री शर्माले स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, नेपाल टेलिकमसँग छलफल गरेका हुन् । छलफलमा जलविद्युत् लगानी तथा विकास कम्पनी, सैनिक कल्याणकारी कोष, नेपाल प्रहरी कल्याणकारी कोष तथा सशस्त्र प्रहरी कल्याणकारी कोष एवं सामाजिक सुरक्षा कोषका प्रतिनिधि पनि सहभागी थिए ।

कर्मचारी सञ्चय कोषले सबैभन्दा बढी अर्थात् ३२ अर्ब रुपैयाँ तत्काल लगानी गर्न सकिने प्रस्ताव गरेको छ । ‘हाम्रो पुुँजी अहिले दुई खर्ब २५ अर्ब छ, कोषमा वार्षिक २० अर्ब थप हुन्छ,’ कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘सरकारले राम्रो आयोजनामा लगानीको प्रस्ताव गरेमा वार्षिक २० अर्ब रुपैयाँ लगानी गर्न हामीलाई कुनै समस्या हुँदैन ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित : ११ भाद्र २०७३, शनिबार ०३:२९