विराटनगरमा खुल्यो रेडमड कफीको १०औं आउटलेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विराटनगरमा खुल्यो रेडमड कफीको १०औं आउटलेट



काठमाडौं । पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यस सँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १० औ आउट लेट विस्तार गरेको छ ।

विराटनगर को रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो । सन् २०१२ बाट थापाथली बाट सुरुवात भएको रेडमड कफी ले मनाङदेखी पश्चिममा धनगढी हुँदै पूर्व मा विराटनगरसम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ । अहिले काठमाण्डुको नयाँ बानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा रेडमड कफी सञ्चालनमा आइरहेको छ ।

यससँगै रेडमड कफीले अब चाडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले बताएका छन् । साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि बताए ।

विशेष गरी कफी पारखीको लागी शान्त वातावरणमा साथी भाइसँग जमघट अथवा कुनै पनि अफिसियल मिटिङका लागि उचित स्थान भएकोले पनि रेडमड कफी युवा पुस्तामाझ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार १९:१०