आईएमई अध्यक्षद्वारा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईएमई अध्यक्षद्वारा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन



IME-NRN-696x440.jpg.pagespeed.ce.A4u-Ax0ty0काठमाडौं, १२ भदौ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अमेरिका स्थित न्यू जर्सीमा यहि २७ अगष्टदेखि शुरु भएको गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपालको समग्र नीजि क्षेत्रको तर्फबाट सम्बोधन गरेका हुन् ।

सो कार्यक्रमको उद्घाटन सत्रमा मन्तब्य व्यक्त गर्दै अध्यक्ष ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर प्रतीक्षा नगर्न सबै गैर आवासीय नेपालीलाई आग्रह गरे । उनले सबै राजनीतिक दल र सरकारले देशको आर्थिक विकासमा प्रतिवद्वता व्यक्त गर्दै आएकाले पनि नेपालमा लगानी गर्नुपर्ने धारणा राखे ।

नेपाल उधोग वाणिज्य महासंघको अन्तराष्ट्रिय तथा गैर आवासीय नेपाली लगानी प्रवर्द्धन समितिका सभापति समेत रहेका अध्यक्ष ढकालले आफुले गैर आवासीय नेपाली सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको र नेपालको नीजि क्षेत्र गैर आवासीय नेपालीहरुसँग सहकार्य गरी देशको आर्थिक विकास गर्न तयार रहेको बताए ।

अगष्ट २७ र २८ गरी दुई दिन चल्ने उक्त सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु, उधोगपति एवं एनआरएन पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : १२ भाद्र २०७३, आईतवार १४:४५