सानिमा जनरल इन्स्योरेन्सले यो बर्ष पनि लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

सानिमा जनरल इन्स्योरेन्सले यो बर्ष पनि लाभांश नदिने



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश प्रस्ताव वाहेकनै गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको हो ।

२०७७ साल असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी असोज ३० गते बाँडफाँट गरेको कम्पनीले गत वर्ष पनि लगानीकर्ताहरुको हात खाली बनाएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. २ करोड ४३ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीको जगेडा कोषमा रू. ९ करोड ६६ लाखभन्दा बढी रकम सञ्चित छ ।

प्रकाशित : ७ मंसिर २०७८, मंगलवार १४:५२