हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र बिक्री दर ११९ रुपैयाँ ३४ पैसा कायम गरेको छ । 

युरोपियन यूरो  एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ५५ पैसा र बिक्री दर १५९ रुपैयाँ ३५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ८७ पैसा र बिक्री दर १२७ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७० पैसा र बिक्री दर ८६ रुपैयाँ १३ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा रहेको छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३३ पैसा र बिक्री दर १० रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५९ पैसा र बिक्री दर १८ रुपैयाँ ६८ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६१ पैसा र बिक्री दर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३५ पैसा  छ ।         
 

प्रकाशित : ९ मंसिर २०७८, बिहीबार १०:२२