सिभिल बैंकले हामा मर्चेन्ट खरिद गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकले हामा मर्चेन्ट खरिद गर्ने



काठमाडौं, २० भदौ  । सिभिल बैंक लिमिटेड (Civil Bank) ले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । सिभिल र हामाबीच आइतबार एक्विजिशन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यसअघि युनिक फाइनान्सलाई खरिद गर्ने सम्झौता गरिसकेको सिभिल बैंक (CBL) इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स कम्पनी (ILFC) सँग मर्जरको प्रक्रियामा रहेको छ । राष्ट्र बैंकले २०७४ सम्म वाणिज्य बैंकलाई ८ अर्ब पूँजी पुर्याउने निर्देशनसँगै बैंक फाइनान्स कम्पनीलाई एक्निजीशन गरेर पूँजी वृद्धिमा लागेको हो । बैंकले हामालाई खरिद गरेसँगै ८ अर्ब पूँजी पुर्याउने बलियो आधार बनेको छ ।

प्राप्तीपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ ।

यस अघि सिभिल बैंकले २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने र २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्सलाई प्राप्ती गर्ने सम्झौता गरीसकेको छ ।

चुक्ता पुँजी २२ करोड रहेको हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको खरिद पछी सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड पुग्नेछ ।

यो प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।

त्यस्तै २०७४ असाढ मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पु¥याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथसाथै अगाडि बढाइने अधिकृत महर्जनले जानकारी दिए ।

प्रकाशित : २० भाद्र २०७३, सोमबार ०६:११