यति डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यति डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद दिने



yatiकाठमाडौं, २१ भदौ  । यति डेभलपमेन्ट बैंकले लगानीकर्तालाई दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद दिने भएको छ । यसका लागि बैंक ले एन.सि.एम. मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको १४ औ बार्षिक साधारणसभाले पारित गरे बमोजिम चुक्ता पूँजी वृद्धिका लागि बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर बिक्री सम्बन्धी सम्झौताम यति डेभलपमेन्ट बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसिएम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ६९ करोड ३१ लाख १६ हजार रुपैयाँ बराबरको ६९ लाख ३१ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको १ अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँ पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्तापूँजी २ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्यिस्तरको विकास बैंकले २०७४ आसार मसान्तसम्म २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने हुनछ । चुक्ता पूँजी पुर्याउन अपुग रकम आगामी वर्षको बोनस शेयर वितरण गरेर पुरा गर्ने योजना रहेको बैंकले जनाएको छ । त्यस्तै बैंकले चुक्ता पुँजी वृद्धिसँगै मर्जरको विकल्पमा पनि खुला भएको जनाएको छ ।

प्रकाशित : २१ भाद्र २०७३, मंगलवार १२:३०