नबिल बैंकका लगानीकर्तालाई ३० प्रतिशत बोनश र १५ प्रतिशत नगद लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैंकका लगानीकर्तालाई ३० प्रतिशत बोनश र १५ प्रतिशत नगद लाभांश



nabilकाठमाडौं, २१ भदौ । नबिल बैंकले आफ्ना आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको संचालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ । हाल ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकले ३० प्रतिशत बोनश बाँडेपछि बैंकको चुक्तापूँजी ६ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड १५ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ जुन गत आर्थिक वर्षको तुलनाभन्दा ३४ दशमलव ७५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ कमाएको थियो ।

४ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ७ अर्ब ५५ करोड २२ लाख रुपैयाँ राखेको छ ।

बैंकले निक्षेपमा अघिल्लो वर्षको तुलनामा ५ दशमलव ७८ प्रतिशतले वृद्धि गरी १ खर्ब १० अर्ब २६ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ७७ अर्ब ७३ लाख रुपैयाँ लगानी गरेकोे छ जुन अघिल्लो वर्षको तुलनामा १५ दशमलव ७३ प्रतिशतले वृद्धि गरेको हो । बैंकले कर्जा लगानी गरी खुद व्याज आम्दानीमा २२ दशमलव ६६ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । त्यसैगरी बैंकको सञ्चालन मुनाफामा ३४ दशमलव २८ प्रतिशतले वृद्धि गरी ४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ५० लाख रुपैयाँ राखेको छ भने ५ करोड ५६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

नबिल बैंकको सो अवधिमा प्रति शेयर आम्दानी ५९ दशमलव ३८ रुपैयाँ, मूल्य आम्दानीेको अनुपात ३९ दशमलव ५१ गुणा, प्रति शेयर नेटवर्थ २ सय ५९ रुपैयाँ र तरलत अनुपात २६ दशमलव ७६ प्रतिशत रहेको छ । बैंकको जोखिमयुक्त सम्पति शुन्य दशमलव ६९ प्रतिशतले बढेर १२ दशमलव ५५ प्रतिशत रहेको छ भने निष्कृय कर्जातर्फ शुन्य दशमलव ६८ प्रतिशतले घटेर १ दशमलव १४ प्रतिशत रहेको छ ।

प्रकाशित : २१ भाद्र २०७३, मंगलवार १२:३९