अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६६ डलरमाथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६६ डलरमाथि



अन्तरराष्ट्रिय बजारमा बुधवार कच्चा तेलको भाउ बढेर ६६ डलरमाथि उक्लिएको छ । अमेरिकाको पेट्रोल इन्भेण्टरिजमा आएको कमी र कयौं वर्षसम्मको तीव वृद्धिपछि अमेरिकी तेल उत्पादनमा कमी आउनसक्ने सङ्केतबीच तेलको भाउले टेवा पाएको हो । अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट ९एपीआई०द्वारा मङ्गलवार सार्वजनिक तथ्याङ्कले यूएस क्रुडको सञ्चितिमा अपेक्षाकृत उच्च साप्ताहिक कमी आएको देखाएको थियो ।

एपीआईको यो प्रतिवेदनले घरेलु तेल उत्पादनमा उच्च कमी आउने र कमी अपेक्षाकृत लामो समयसम्म रहने अमेरिकी सरकारको भविष्यवाणीसँगै मेल खाएको छ । ‘तेलको भाउ ओरालो लाग्छ भन्नु अनुचित नहोला,’ लण्डनस्थित ब्रोकरेज संस्था पीभीएम आयल एशोसिएट्सका तेल विश्लेषक टमस भार्गाले भने । ‘लङ पोजिशनमा बस्नेहरूले आप्mनो पोजिशनलाई अर्को प्रतिरोध स्तरसम्म कायम राखेर नाफा आर्जन गर्ने कोशिश गर्न सक्छन्,’ अझ अगाडि उनले भनेका छन् ।

बुधवार लण्डनस्थित आईसीई फ्युचर्स एक्सचेञ्जमा यूरोपेली बेञ्चमार्क ब्रेण्ट क्रुडको भाउ १ डलर ४८ सेण्टले बढी २ हप्ताकै उच्च बिन्दु ६६ डलर ३६ सेण्टमा उक्लिएको थियो । यो समाचार तयार पार्दा नेपाली समयअनुसार साँझको साढे ४ बजे भने यो ६६ डलर २८ सेण्टमा किनबेच भएको थियो । उता, सोही अवधिमा न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इण्टरमिडियटको भाउ पनि प्रतिब्यारेल १ डलर ५० सेण्टले बढी ६१ डलर ६४ सेण्ट कायम भएको थियो ।

गतहप्ता अमेरिकी कच्चा तेल सञ्चिति ६७ लाख ब्यारेलले घटी ४७ करोड ३१ लाख ब्यारेलमा आएको एपीआईको तथ्याङ्कले देखाएको छ । सो अवधिमा सञ्चितिमा १७ लाख २० हजार ब्यारेल कमी आउने विश्लेषकहरूको अपेक्षा रहेको थियो । यो हप्ता तेलको भाउले टेवा पाए पनि विश्व बजारमा अत्यधिक आपूर्तिको समस्या यथावत रहेको समयमा तेलको भाउ थप नबढ्ने विश्लेषण गरिएको छ । एजेन्सी

प्रकाशित : २८ जेष्ठ २०७२, बिहीबार १६:०८