इफाप्काको ३९ औं मध्यकालिन बोर्ड बैठक सम्पन्न, महाभूकम्पीडितका लागि १२ हजार अमेरिकी डलर सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इफाप्काको ३९ औं मध्यकालिन बोर्ड बैठक सम्पन्न, महाभूकम्पीडितका लागि १२ हजार अमेरिकी डलर सहयोग



काठमाडौ  २१ भदाै । काठमाडौं घोषणापत्र जारी गर्दै एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संगठन इफाप्काको ३९ औं मध्यकालिन बोर्ड बैठक राजधानीमा सम्पन्न भएको छ । बैठकले इफाप्कालाई अझ शशक्त संगठनका रुपमा विस्तार गर्दै सदस्य राष्ट्रहरुलाई थप सुविधा दिने निर्णय गरेको छ । बैठकमा भुटानलाई पनि इफाप्काको सदस्य बनाउने विषयमा भुटानी प्रतिनिधिहरुकै उपस्थितिमा छलफल भएको थियो । तर तत्कालै भुटानलाई सदस्यता दिने विषयमा ठोस निर्णय भने भएन ।

इफाप्कामा अहिले नेपाल सहित थाइल्याण्ड, ताइवान, सिंगापुर, जापान, श्रीलंका, मलेसिया, बंगलादेश, भारत, दक्षिण कोरिया, कम्बोडिया, अष्टे«लिया, माल्दिभ्स्, चीन, न्यूजिल्याण्ड, फिलपिन्स, मंगोलिया र मलेसिया गरी १८ राष्ट्रमात्र सदस्य छन् । बैठकमा सन् २०१७ को मे ३० देखि जुन ३ मा दक्षिण कोरियाको राजधानी सउलमा हुने ४३ औं इफाप्का सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय पनि भएको छ । बैठकमा नेपालको तर्फबाट नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा इफाप्का बोर्ड सदस्य निकोलस पाण्डेले सहभागिता जनाउनु भएको थियो । बैठकको समाप्तीपछि भूकम्पपीडितहरुको सहयोगार्थ इफाप्का तथा दक्षिण कोरियाली निर्माण संघको तर्फबाट १२ हजार अमेरिकी डलर नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई प्रदान गरिएको थियो ।

प्रकाशित : २१ भाद्र २०७३, मंगलवार १२:३९