सि.वि.आई.एल क्यापिटलले मर्चेन्ट बैंकरको काम गर्न शुरु गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सि.वि.आई.एल क्यापिटलले मर्चेन्ट बैंकरको काम गर्न शुरु गर्ने



cdblकाठमाडाै । सि.वि.आई.एल क्यापिटल लि.लाई नेपाल धितो पत्र बोर्डबाट मर्चेन्ट बैंकर (धितो–पत्र व्यावसायी) को कारोबार गर्न अनुमति प्राप्त भएको छ । सिटिजन्स बैंकको सहायक कम्पनी रहेको यो कम्पनीमा श्री नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ  ।  सो कार्यलयबाट नै मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्ने छ ।

नेपाल धितोपत्र बोर्डद्धारा जारी गरिएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को अधिनमा रही संस्थाले धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्टा«र तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने छ । साथै संस्थाले डि–म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानी कर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्ने छ ।

काठमाडौं बाहिरका लगानी कर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भै लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका चौधै अञ्चल स्थित सम्पूर्ण शाखा कार्यलयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानी कर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभबि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ । साथै यस कम्पनीले आम लगानीकर्ता तथा धितोपत्र निष्कासन कम्पनीहरुको अपेक्षा तथा लगानीकर्ताको गुनासो, सल्लाह र सुझावलाई मध्यनजर राखि लगानीकर्ता, निष्कासन कम्पनीहरु तथा नियमनकारी निकायहरुसँग समन्वय राखि गुणस्तरीय सेवा प्रदान गर्दै देशको पूँजी बजारको विकासमा टेवा पु¥याउने उद्देश्य समेत लिई यो संस्था अगाडि बढने छ ।

यस कम्पनीको संचालक समितिमा श्री गणेश राज पोखरेल अध्यक्ष तथा संचालकहरुमा क्रमशः  आजाद श्रेष्ठ,  बोधराज देवकोटा तथा रामधन श्रेष्ठ, रहनु भएको छ भने प्रमुख कार्यकारी अधिकृतमा  समिर प्रसाद दाहाल र नायब प्रमुख कार्यकारी अधिकृतमा  नलिना श्रेष्ठ रहनु भएको छ ।

प्रकाशित : २० भाद्र २०७३, सोमबार १२:४८