पेट्रोलियम पदार्थमा मूल्य घटबढ नगर्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पेट्रोलियम पदार्थमा मूल्य घटबढ नगर्न निर्देशन



oil nigamकाठमाडौं, २२ भदौ  । आपूर्तिमन्त्री दीपक बोहोराले दशैं, तिहार, छठ पर्व अवधिभर पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

मन्त्री बोहोराले असोज एक गतेदेखि कात्तिक २१ गतेसम्म मूल्य समायोजन नगर्न निर्देशन दिएको हो । नेपालीको मुख्य चाडपर्वका बेला अन्तराष्ट्रिय बजारको मूल्य बमोजिम समायोजन गर्दा उपभोक्ता मारमा पर्ने र इन्धनको समेत अभाव हुन सक्ने भन्दै यस्तो निर्देशन दिइएको हो ।

मन्त्री बोहोराले यस वर्ष दशैं, तिहार र छठ पर्व अवधिभर न्युन मूल्य राखेरै भए पनि उपभोक्तालाई बढीभन्दा बढी छुट दिने व्यवस्था मिलाएनसमेत निजी क्षेत्रका व्यापारीहरुलाई आग्रह गरेका छन् । आजको कारोबार दैनिकबाट ।

प्रकाशित : २२ भाद्र २०७३, बुधबार ०२:४४