घट्यो विदेशी मुद्राको विनियम दर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

घट्यो विदेशी मुद्राको विनियम दर



काठमाडौं । नेपाल राष्ट्र बैकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद ११९ रुपैयाँ ५६ पैसा र विक्रीदर १२० रुपैयाँ १६ पैसा तोकेको छ ।

यूरोपियन यूरो एकको खरिददर ​ १३५ रुपैयाँ ४३ पैसा र विक्रीदर १३६ रुपैयाँ ११ पैसा रहेको छ । एक कतारी रियाल खरिदका लागि नेपाली ३२ रुपैयाँ ६० पैसा रहेको छ ।

साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५२ पैसा र विक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ ।

यस्तै क्यानेडी डलरको बिनिमयदर आज ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ २७ पैसा, सिंगापुर डलर एकको खरिदर ८७ रुपैयाँ ६७ पैसा र विक्रीदर ८८ रुपैयाँ ११ पैसा, जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ५४ पैसा र विक्रीदर १० रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै सबै भन्दा महँगो पैसा कुवेतको दिनार रहेको छ । जसको एकको खरिददर ३९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९७रुपैयाँ १३ पैसा रहेको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहीबार ०८:००