सपोर्ट लघुवित्तले १० पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सपोर्ट लघुवित्तले १० पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १० पुसमा सातौँ साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

लघुवित्तले सभा तथा लाभांश वितरण प्रयोजनका लागि १ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, २९ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : १६ मंसिर २०७८, बिहीबार १२:१०