नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ११.२४ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ नाघेको छ । बैंकको ३५औं वार्षिक साधारणसभा काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा भएको हो ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार १६:२०