नेयमार सर्वाधिक कमाउने युवा खेलाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेयमार सर्वाधिक कमाउने युवा खेलाडी



काठमाडौं । बार्सिलोनाका ब्राजिलियन स्टार नेयमार सर्वाधिक कमाउने युवा खेलाडी बनेका छन् ।अमेरिकी पत्रिका फोर्ब्सले  पछिल्लो एक वर्षमा धेरै कमाउने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेयमार ३१ मिलियन डलर कमाइसहित समग्रमा २३ औं नम्बरमा परेका छन् ।

२३ वर्षका नेयमार सूचीमा परेका सबैभन्दा कम उमेरका खेलाडी हुन् । उनको १४ मिलियन डलर तलब छ । दोस्रो स्थानमा रियल मड्रिडका जेम्स रोड्रिग्वेज छन् । उनको कमाइ वाषिर्क २४।५ मियलन डलर छ ।

सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेका पाका खेलाडी भने गल्फका फिल मिकेल्सन छन् । उनको पछिल्लो एक वर्षको कमाइ ५०।८ मिलियन डलर रहेको फोर्ब्सले जनाएको छ ।

सर्वाधिक कमाइ गर्ने महिला खेलाडीमा मारिया सारापोभा परेकी छन् । टेनिस सुन्दरी सारापोभाको गत वर्षको कमाइ २९।७ मिलियन छ । उनी समग्र सूचीमा भने २६ औं स्थानमा परेकी छन् ।

प्रकाशित : २८ जेष्ठ २०७२, बिहीबार १५:१२