एटीएम ठगीबाट बच्नका लागि १२ गोल्डेन टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एटीएम ठगीबाट बच्नका लागि १२ गोल्डेन टिप्स



काठमाडाै । उदीयमान अर्थतन्त्र भएको मुलुक भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डिया(एसबीआई)ले एटीएमबाट ठगी हुने क्रम बढेपछि सुरक्षित प्रयोगका लागि १२ गोल्डेन टिप्स सार्वजनिक गरेको छ ।

यी सूत्रहरुलाई प्रयोग गरेर तपाईंले एटीएमबाट हुने कारोबारलाई सुरक्षित गर्न सक्नुहुन्छ । त्यहाँको केन्द्रीय बैंकको एक रिपोर्टका अनुसार हिजोआज बैंकहरुमा सबैभन्दा धेरै उजुरी एटीएम कार्डबाट हुने ठगीको बिषयमा आउने गरेको छ । डेबिट र क्रेडिट कार्डबाट हुने ठगीको बिषयमा समेत धेरै गुनासो आउन थालेपछि एसबीआईले सुरक्षित बन्ने गोल्डेन सूत्र जारी गरेको हो ।

credit-card-fraud

त्यहाँको लोकपालमा आएका गुनासाहरुमध्ये कुल २२ प्रतिशतभन्दा बढी गुनासा यही बिषयसँग सम्बन्धित रहने गरेका भारतीय मिडियाहरुले जनाएका छन् । यसबाहेक भारतमा त्यहाँ प्रयोगमा रहेकामध्ये ६० प्रतिशत डेबिट र क्रेडिट कार्ड उच्च जोखिममा रहेका छन् ।

नेपालमा समेत पछिल्लो समय अन्तर्राष्ट्रिय गिरोहहरु आएर एटीएम कार्ड प्रयोग गरी ठगी गर्न थालेका छन् । नेपाल प्रहरीले केही समयअघि केही विदेशीहरुलाई यस्तो ठगीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । नेपालमा समेत एटीएम कार्डबाट हुने ठगी बढेर दर्जनौ पीडित भइरहेको यो समयमा यस्ता जोखिम र ठगीबाट बच्न तपाईंले एसबीआई बैंकले जनहितका लागि जारी गरेको १२ गोल्डेन टिप्सलाई पछ्याउनुपर्ने हुन्छ ।

टिप्स १ : एटीएमको हरियो बत्तीमा ध्यान दिनुहोस्
एसबीआईका अनुसार अधिकतर प्रयोगकर्ता एटीएमबाट पैसा निकाल्ने समयमा त्यसमा ब्लिङ्क हुने बत्तीमा ध्यान दिंदैनन् । यस्तैमा ठगी हुने चान्स बढी हुन्छ । तसर्थ एटीएमबाट निक्लनुअघि लाइट हरियो रंगमा ब्लिङ्क गर्न थालेको छ कि छैन चेक गर्नुहोस् । यसपछि मात्र तपाईंको कारोबार पूर्ण रुपले सुरक्षित हुनेछ ।

टिप्स २ : एटीएम स्लिपलाई नफाक्नुँहोस्
एटीएम स्लिपलाई कहिल्यै पनि एटीएम काउण्टरमै वा त्यहाँको डस्टबिनमा नछाड्नुहोस् । बैंकका अनुसार स्लीपमा तपाईंको बैंक अकाउण्टको डिटेल हुन्छ । यस्तो अवस्थामा तपाईंले छाडेको स्लिपको प्रयोग तपाईंको बैंक अकाउण्ट ह्याकमा हुनसक्छ । यदि फाल्नै परे पनि स्लिपलाई निकै सानो सानो टुक्रा पारेर डस्टबिनमा फाल्ने गर्नुहोस् । तर पैसा निकाल्दा स्लिप प्रिन्ट गर्ने अप्सन एटीएमलाई नदिनु उत्तम हुन्छ । किनभने तपाईको सारा कारोबारको डिटेल अनलाइन वा मोवाइलमा आइनै रहेको हुन्छ ।

टिप्स ३ : कार्ड घोट्नुअघि यस्तो गल्ती नगर्नुहोस्
बैंकका अनुसार सपिङ गर्ने क्रममा मानिसहरु आफ्नो कार्डलाई सर्भिस म्यान वा वेटरहरुलाई प्रयोग गर्न दिने गल्ती गर्छन् । यस्तो काम नेपालमा अक्सर ठूला सपिङ मल तथा ठूला रेष्टुराँहरुमा हुने गरेको छ । प्रयोगकर्ताले यस्तो गल्ती कहिल्यै गर्नुहुन्न । बैंकका अनुसार कतिपय प्रयोगकर्ता आफ्नै अगाडि आफ्नो कार्ड प्रयोग हुँदा के नै जोखिम होला र भनेर वेटर्स तथा सर्भिस म्यानलाई कार्डको पिन नम्बर समेत बताउने गरेका कतिपय बिषयसँग सम्बन्धित गुनासा आएका छन् । यस्तो कामले तपाईलाई नोक्सानी हुनसक्छ । यस्तो गर्दा तपाईंले थाहा नपाई तपाईको डाटा चोरी हुनसक्छ ।

टिप्स ४ : पिन हाल्नुअघि सावधान रहनुहोस्
सपिङको दौरान पिन नम्बर थिच्नुअघि होटल, रेष्टुराँ, सपिङ मल लगायतका ठाउँमा प्रयोगकर्ताले सुरक्षातर्फ ध्यान दिंदैनन् । उनीहरुले आफ्नो पिनलाई नलुकाई अरुले देख्ने गरी टाइप गर्छन् । यस्तो लापरबाहीले पिन सम्बन्धी जानकारी चुहिने डर हुन्छ । यसरी एटीएमबाट पैसा निकाल्ने क्रममा समेत प्रयोगकर्ताले पिनको प्रयोगलाई लापरबाही ढंगले गरिरहेका हुन्छन् । यस्तो बानी त्याग्नुपर्छ । यस्तो समयमा पनि तपाईंको अकाउण्टको डाटा लिक हुने डर हुन्छ ।

टिप्स ५ : अस्थायी स्टलदेखि सपिङ गर्ने समयमा सावधान बन्नुहोस
बैंकले बताए अनुसार हिजोआज अनलाइन सपिङको अप्सन धेरै खालका अस्थायी इभेन्टमा समेत उपलब्ध हुन्छ । क्रिकेट म्याच, व्यापार मेला, अटो मेला, कयौं यस्ता प्रदर्शनी, स्टेज शो लगायतका ठाउँमा समेत कयौं अस्थायी स्टलहरु राखिएका हुन्छन् । यस्ता स्टलहरुमा पनि पछिल्लो समय कार्डबाट पेमेन्ट हुने प्रचलन सुरु भएको छ । यस्ता स्टलहरुमा कार्डबाट पेमेन्ट गर्ने काम भूलेर पनि नगर्नुहोस् । ध्यान दिनुहोस्, प्रतिष्ठित कम्पनीको स्टलमा मात्र कार्डको प्रयोगबाट पेमेन्ट गर्ने गर्नुपर्छ ।

टिप्स ६ : पुरानो कार्डबाट पनि डाटा चोरी हुन्छ
धेरैजसो बैंकहरुले एक कार्डको प्रयोग मिति २ वर्षदेखि ४ वर्षसम्म राख्ने गर्छन् । जब यस्तो कार्ड एक्सपायर हुन्छ, तब तपाईंले भरेको फारमको आधारमा बैंकले तपाईलाई नयाँ कार्ड उपलब्ध गराउँछ । यस्तो अवस्थामा नयाँ कार्ड पाएपछि हामी पुरानो कार्डलाई लापरबाही ढंगले फाकिदिन्छौ । तर, यसरी पुरानो कार्ड फ्याक्नु पनि जोखिमपूर्ण हुने एसबीआईले बताएको छ । पुरानै कार्ड भए पनि त्यहाँ तपाईको १६ देखि १९ डिजिटको नम्बर हुन्छ । ती नम्बरहरुको प्रयोग ह्याकरले गर्नसक्छन । त्यसकारण नयाँ कार्ड प्राप्त भएपछि पुरानो कार्डलाई जथाभावी फाल्नुभन्दा राम्रोसँग नष्ट गर्ने गर्नुहोस् ।

टिप्स ७ : बैंक अकाउण्टमा इन्स्ट्रा अलर्ट हाल्नुहोस
अधिकांश समय हामी हाम्रो बैंक अकाउण्टलाई आफ्नो मोवाइल नम्बरसँग जोड्छौ वा लिङ्क गर्छौ । यस्तो अवस्थामा एटीएमबाट हुने ठगीको खास समय थाहा नहुनसक्छ । यस्तो अवस्थामा आफ्नो अकाउण्ट सधैं आफूद्वारा प्रयोग हुने मोवाइल नम्बरमै अनिवार्य लिङ्क गर्नुहोस् । यसमा समेत इन्स्ट्रा अलर्टको सुविधा बैंकबाट लिनुहोस् । यस अलावा आफ्नो अकाउण्टलाई आफ्नो इमेलसँग पनि लिङ्क गर्नुहोस् । यी कामबाट तपाईंको नजर आफ्नो अकाउण्टमा २४ सै घण्टा रहन्छ ।

टिप्स ८ : बैंकसँग माग्नुहोस् इबीएम चिप भएको कार्ड
नेशनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाका अनुसार देशमा करिब ६० प्रतिशत कार्ड यस्ता छन्, जुन म्याग्नेटिक चिपले बनेका छन् । यस्ता कार्डहरु नयाँ खालको बैंकिङ फ्रडबाट सुरक्षित हुँदैनन् । भारतका बैंकहरुलाई सन् २०१८ सम्म इवीएम चिप भएको कार्डमा सिफ्ट हुनुपर्ने र पुरानो(हालको) कार्डलाई विस्थापित गर्नुपर्ने समयसीमा तोकिएको छ । नेपालका बैंकहरु यो बिषयमा बेखबर छन् । यस्तोमा यदि तपाईसँग म्याग्नेटिक चिपवाला कार्ड रहेको छ भने त्यसलाई परिवर्तन गर्नुहोस् र इवीएम चिपवाला कार्ड बैंकसँग माग्नुहोस् ।

टिप्स ९ : एटीएमको बैंक साइडमा आफ्नो हस्ताक्षर जरुर गर्नुहोस् ।

टिप्स  १० : यसबाहेक एक निश्चित अवधिको फरकमा आफ्नो  एटीएमको पिन परिवर्तन गरिरहनुहोस् ।

टिप्स ११ : पिन नम्बर सधैं याद गर्नुहोस् । कहीँ पनि लेखेर नराख्नुहोस् । तपाईको फोन वा इमेल आइडी कतै पनि पिन नम्बर नलेख्नुहोस् ।

टिप्स १२ : कहिल्यै पनि कुनै पनि बैंक, बैंक एजेन्ट वा कसैलाई पनि आफ्नो एटीएमको पिन भूलेर पनि नभन्नुहोस् ।बिजशालाको सहयोगमा

प्रकाशित : २३ भाद्र २०७३, बिहीबार ०२:४०