‘सुबिसु क्यान कमटेक मेला २०१६’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘सुबिसु क्यान कमटेक मेला २०१६’



CAN_logoकाठमाडौं  २३ भदाै । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि ‘सुबिसु क्यान कमटेक मेला २०१६’ सुरु भएको छ । कम्प्युटर एसोसियशन अफ नेपाल क्यान महासंघको आयोजनामा मेला सुरु भएको हो ।

४ दिनसम्म चल्ने मेलामा १ सय वटा स्टलहरु छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलिकम्युनिकेशन, हार्डवेयर सेल्स, पावर सोलुसन्स, मोबाइल एसोसोरिज लगायतका स्टलहरु छन् ।

मेलामार्फत ग्राहकका लागि क्लियर टिभी तथा इन्टरनेट सेवामा विशेष र आकर्षक योजना ल्याउने आयोजकले बताएको छ ।

मेला अवलोकन गर्न आउनेलाई ५० रुपैयाँ र विद्यार्थीहरुका लागि २५ रुपैयाँ टिकट शूल्क तोकेको छ ।

प्रकाशित : २३ भाद्र २०७३, बिहीबार १२:३०