४ दिने सूचना प्रविधि मेलामा के के छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४ दिने सूचना प्रविधि मेलामा के के छन् ?



com_techकाठमाडाै  २४ भदाै ।आधा दर्जन कप्पनीले बिभिन्न सेकुरिटी डिभाइसहरूलाई प्रदर्शनीमा राखेका छन् । सिसी टिभी क्यामेरा, डिजिटल एटेन्डेन्स मेसिन, सेकुरिटी स्कानर जस्ता सुरक्षा प्रविधिको मेलामा हाबी छ ।कमटेकमा शिर्ष प्रायोजक सुबिसुले क्लियर टिभि तथा ईन्टरनेट सेवामा विशेष आकर्षक योजना ल्याएको छ । यसै गरि एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि J-Series का फोनहरु सार्वजनिक गरेका छन् ।

त्यस्तै प्लाटिनम स्पोन्सर वेभसर्फरले उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी, मेघा केबल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगायतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रस्तुत गरेको छ ।  कमटेकको डायमण्ड स्पोन्सर नेपाल टेलिकमले रु. ५०÷– मा रु. ५०÷– कै ब्यालेन्स भएको जि. एस. एम. प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ । त्यस्तैगरी मेलामा सहभागि अन्य कम्पनीहरुले पनि विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । कमटेकको गोल्ड स्पोन्सर– जेट टि ई स्मार्ट फोन, सिल्भर स्पोन्सरहरु– नेटिस र स्टार अफिस ईन्टरनेशनले पनि नयाँ उत्पादनहरु विशेष सहुलियतमा उपलब्ध गराएको छ ।

प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेप्mटी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् ।  कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु ५०÷– र विद्यार्थीहरुलाई रु २५÷– तोकिएको छ । त्यस्तै सरकारी विद्यालयहरुबाट अग्रिमरुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कमटेक अवलोकनका लागि अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरीने छ ।  यस प्रदर्शनीको आकर्षणको रुपमा सुचना तथा संचार प्रविधिमा आधारीत Electronic Security तथा Safety and Solution  का अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध छन जसका लागि छुट्टै पेभिलियन को व्यवस्था गरिएको छ ।

यसै गरि केहि सूचना तथा संचार प्रविधि सम्बन्धित क्तबचत गउ कम्पनीहरुको लागि  निशुल्क स्टलको ब्यवस्था गरिएको छ ।  “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा प्रदर्शनी गरिने सामानहरु तथा सेवाहरुका विषयमा जानकारी एस.एम.एस.बाट पनि प्राप्त गर्न सकिने छ । यसको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाईप गरी ३५००१ मा पठाउनु पर्नेछ ।

त्यसैगरि प्रदर्शनीको अवधिभर लक्की ड्रको समेत व्यवस्था गरिएको छ । यसका लागि CAN 35001  मा एसएमएस गरि पठाउनुपर्नेछ ।  प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ ।

प्रकाशित : २४ भाद्र २०७३, शुक्रबार ०४:११