यौन दुर्व्यवहारकाे आरोप लगाउँदै एलन मस्कको टेस्ला कम्पनीका ६ कर्मचारीले दिए उजुरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

यौन दुर्व्यवहारकाे आरोप लगाउँदै एलन मस्कको टेस्ला कम्पनीका ६ कर्मचारीले दिए उजुरी



न्युयोर्क । विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन् । 

‘सानफ्रान्सिस्कोको मुटुमा रहेको टेस्ला उद्योग अग्रणी कम्पनीभन्दा पनि एउटा कच्चा र पुरानो निर्माण क्षेत्रजस्तो देखिन्छ,’ ६ जनामध्ये एक जनाको उजुरीमा भनिएको छ । 
क्यालिफोर्नियाको एउटा अदालतमा दायर गरिएका ६ अलगअलग उजुरीमा सहकर्मी र सुपरिवेक्षकहरुले महिलासँग यौन प्रस्ताव गरेको, उनीहरुको शरीरबारे ग्राफिकल टिप्पणी गरेको र अनुचित ढंगले स्पर्श गरेको आरोप लगाइएको छ ।  

उजुरी गर्ने पाँच जनामध्ये चार जना क्यालिफोर्नियाको फ्रिमोन्ट फ्यासिलिटी र एक जना सर्भिस सेन्टरमा कार्यरत रहेको जनाइएको छ । 

कम्पनीमा काम गरेको केही दिनपछि आफूविरुद्ध अश्लिल टिप्पणी गरिएको उजुरी गर्नेमध्येकी एक १८ वर्षीया युवतीले गुनासो गरेकी छिन् । 

 उजुरीवारे टेस्लाले कुनै टिप्पणी गरेको छैन् । टेस्लाका मालिक एलन मस्कको व्यक्तिगत ट्विटले अहिले उनीहरुको गुनासो अ‍ेझेलमा परेको बताइएको छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार १४:३३