सार्वजनिक यातायात अब कम्पनी वा सहकारी ऐन अन्र्तगत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सार्वजनिक यातायात अब कम्पनी वा सहकारी ऐन अन्र्तगत



YATAYATकाठमाडौं  २७ भदाै। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई कम्पनी वा सहकारी ऐनअन्तर्गत संस्थाका रुपमा व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ ।

काठमाडौँका विभिन्न रुटमा सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायी तथा विभागबीच आइतबार भएको छलफलमा व्यवसायीलाई प्रस्तावित कम्पनी वा सहकारी संस्थामा सेयर सदस्यका रुपमा संलग्न गराउने सहमति कायम भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सञ्चालन गरेको ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’अन्तर्गत भरपर्दो, सुरक्षित र प्रभावकारी सहरी यातायात प्रणाली स्थापना गर्ने उद्देश्यअनुरुप यातायात व्यवसायीलाई कम्पनी वा सहकारी संस्थामा संलग्न गर्ने अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको विभागले जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०७३, सोमबार ०३:२८