सेयर कारोबारीले चन्दा नदिएको रिस प्रचण्डले सेयर बजारमाथि पोखेः ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर कारोबारीले चन्दा नदिएको रिस प्रचण्डले सेयर बजारमाथि पोखेः ओली



काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर कारोबारीले चन्दा नदिएको रिस नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सेयर बजारमाथि पोखेको टिप्पणी गरेका छन्।

नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यको सपथ कार्यक्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्। ‘कुन सेयर कारोबारीले चन्दा दिएन होला, अब म ध्वस्त पारिदिन्छु भनेर प्रचण्डले त्यस्तो बोलिदिए’, आलीले भने, ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए।

अध्यक्ष ओलीले भने, ‘प्रचण्डले यो शेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रुपचाँही लेलिनभन्दा पनि अलि बढि नै जान्ने भएछन–दुई स्टेप । पूँजीवाद विकसित रुप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्यो भन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ भनेर प्रचण्डल नयाँ थेसिस ठोक दिए । दुई दिनमा सेयर बजार धरासायी ।’

लाखौँ जनताले आफ्नो बचतमा भएको पैसा लगानी गरेको क्षेत्रलाई प्रचण्डले चन्दा नपाएकै कारण रिस पोखेको ओलीको भनाइ थियो। ‘हामीले सेयर बजारबारेमा त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्थ्यो’, उनले भने, ‘तर अस्थिरता मच्चाउनेहरुले जे गरे पनि हुन्छ, कोही बोल्दैनन्।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण समेत गरे । अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दावी समेत गरे ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार १५:१३