चुलियो व्यापार घाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चुलियो व्यापार घाटा



635938168831718750काठमाडौं, २७ भद्रौ । आर्थिक वर्ष २०७२÷७३ मा नेपालको कुल वैदेशिक व्यापार रु आठ सय ५२ दशमलव २९ अर्वमा सिमित भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको प्रारम्भिक तथ्याँक अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले कमि हो ।

समीक्षा अवधिमा नेपालले कुल ८ खर्ब ५२ अर्ब २९ करोडको वैदेशिक व्यापार गरेको थियो । त्यसमा नेपाललाई ७ खर्ब १० अर्ब रुपैयाँको घाटा भएको हो । कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ८ दशमलव ३ प्रतिशत र ९१ दशमलव ७ प्रतिशत रहेको छ ।

केन्द्रका अनुसार उक्त आवमा नेपालले ७१ अर्ब १४ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । यो अघिल्लो आवको भन्दा १७ दशमलव ९ प्रतिशतले कमी हो । यस अवधिमा चाउचाउ, आयुर्वेदिक औषधि, जुस, कपडा, धागो, जुट, चाँदीका गरगहना, जुत्ता, आइरन स्टिल्स्, तामाका उत्पादनलगायत वस्तुको निर्यात घटेको हो ।

केन्द्रका अनुसार यस अवधिमा कुल आयात शून्य दशमलव ४ प्रतिशतले घटेर ७ खर्ब ७१ अर्बमा झरेको हो । नेपालमा आयात हुने मुख्य वस्तु पेट्रोलियम पदार्थको आयात ३८ दशमलव ३ प्रतिशतले घटेको हो । निर्यात–आयात अनुपात १ः११ पुग्यो निर्यातको तुलनामा आयात उच्च भएपछि नेपालको व्यापार असन्तुलन बनेको छ ।

त्यस्तै केन्द्रकाअनुसार अघिल्लो वर्ष १ः९.१ रहेको निर्यात–आयात अनुपात समीक्षा आवमा १ः११ पुगेको छ ।

प्रकाशित : २७ भाद्र २०७३, सोमबार १२:२८