साधारणसभामा हकप्रदको प्रस्ताव लैजादै सिटिजन्स बैंक, कति दिदैछ हकप्रद ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साधारणसभामा हकप्रदको प्रस्ताव लैजादै सिटिजन्स बैंक, कति दिदैछ हकप्रद ?



काठमाडाै । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गरेको शेयर लाभाश र नगद लाभाशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ७५ करोड रुपैयाँ बराबरको बोनश वितरण र  कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको थियो ।

citizen-bank-limited

बैंकले असोज १६ गतेका लागि दशौ बार्षिक साधारणसभा पनि बोलाएको छ । बैंकले पूँजीको २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने   तयारी गरेको छ । साथै बैंकले साधारणसभा प्रयोजनका लागि असोज ६ गतेदेखि १६ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द हुने जनाएको छ ।

 साधारणसभाले  प्रस्ताव पारित गरेपछि लगानीकर्तालाई बोनश वितरण गरिने छ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित : २७ भाद्र २०७३, सोमबार १५:३५