अनियमितता खुलेपछि फाइल नै गायब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अनियमितता खुलेपछि फाइल नै गायब



Kathmandu-Metropolition-Cityकाठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले नै कार्यालयको महत्वपूर्ण फाइल गायब पारेको तथ्य बाहिर आएको छ ।काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टर भवन कानुनविपरीत भएपछि सो भवनसम्बन्धी कागजात नै गायब पारिएको हो ।

काठमाडौं महानगरपालिकाको नक्सा शाखामा हुनुपर्ने सो भवनको कागजपत्र अहिले हराएको आजको राजधानी दैनिकमा समाचार छ ।

रञ्जना गल्लीमा निर्माण गरिएको रञ्जना ट्रेड सेन्टर भवन स्वीकृत नक्सा र भवन संहिताविपरीत रहेको बाताइएको छ ।

भवन कानुनविपरीत भएपछि सोसम्बन्धी कागजपत्र महानगरपालिकाको कर्मचारीकै मिलेमतोमा गायब पारिएको हो ।

करिब ४ अर्ब रुपैयाँमा बनेको सो भवन कानुनविपरीत भएपछि रञ्जना ट्रेड सेन्टर प्रालि र महानगरपालिकाका कर्मचारीले मिलेर कागजपत्र गायब पारेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भवनको कागजपत्र महानगरपालिका नकसा फँटकै कर्मचारीले गायब पारेका हुन् ।

प्रकाशित : २९ भाद्र २०७३, बुधबार ०२:३६