ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस शेयर दिने



1453967677_IMEकाठमाडौं,  ३० भदौ । ग्लोबल आइएमइ बैंक  ले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत शेयर बोनस दिने भएको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

बैंकको संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बैंकको आगामी बस्ने साधारणसभाले पारित गरिसकेपछि र राष्ट्र बैंकले स्वीकृत दिएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

हाल ६ अर्ब १६ करोड चुक्ता पूँजी रहेको बैंकको १६ प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ७ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ३० भाद्र २०७३, बिहीबार ०२:५४