शशिन जोशीले एनआइसी एसिया छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शशिन जोशीले एनआइसी एसिया छाडे



बैंकर शशिन जोशीले एनआइसी एसिया बैंक छाडेका छन् । कार्यकाल पुरा भएपछि बैंकर जोशीले एनआइसी बैंक छाडेका हुन् । एनआइसी एसियामा साढे १२ वर्षसम्म प्रमुख कार्यकारीका रुपमा काम गरेका जोशीले जोशीले बैंकिङ क्षेत्रमा ३० वर्ष विताएका छन् ।

जोशीले तत्कालिन नेपाल अरब (अहिलेको नबिल) बैंकबाट १९८६ बाट म्यानेजमेन्ट ट्रेनीबाट बैंकिङ करियर सुरु गरेका थिए ।

एनआइसी एसियाबाट बाहिरिएपछि जोशी नबिल बैंकको प्रमुख कार्यकारी हुने चर्चा चले पनि उनले भने केही समय आराम गर्ने बताएका छन् । नबिल बैंकको प्रमुख कार्यकारी पद अहिले खाली छ ।

प्रकाशित : २९ जेष्ठ २०७२, शुक्रबार ०८:३४