कैलाश बैंकले २५ प्रतिशत बोनस दिने, हकप्रद पनि निश्कासन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कैलाश बैंकले २५ प्रतिशत बोनस दिने, हकप्रद पनि निश्कासन गर्दै



823x461-1474124429kailash-bikas-bankकाठमाडाै  २ असोज । आफूलाई राष्ट्रियस्तरको सबैभन्दा ठूलो विकास बैंक दाबी गर्ने कैलाश विकास बैंकले लगानीकर्तालाई एकपछि अर्को अफर सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको यो बैंकको २० प्रतिशत हकप्रद निश्कासनको प्रक्रियामा छ ।

भदौ २९ गते सम्पन्न बैंकको बोर्ड बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयरको निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने छ ।

यो विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो । दुई विकास बैंक र एक फाइनान्ससँग मर्जर सम्पन्न गरी देशकै ठूलो विकास बैंकको रुपमा उदाएको कैलाशको हाल चुक्तापूँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी २ अर्बको हाराहारीमा पुग्नेछ ।

निश्कासनको प्रक्रियामा रहेको २० प्रतिशत हकप्रद सेयरको समेत निश्कासन र व्यवस्थापनपछि चुक्तापूँजी अझ बढ्नेछ । यसरी यो बैंकले हकप्रद र बोनसको साहाराबाटै राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउने देखिन्छ । केन्द्रीय बैंकले राष्ट्रिय स्तरको विकास बैंकका लागि ०७४ असार मसान्तभित्र चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने सीमा तोकेको छ ।

प्रकाशित : २ आश्विन २०७३, आईतवार ०३:१६