आईएमईले ल्यायो “आईएमई हात हुँदैन खाली” योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईएमईले ल्यायो “आईएमई हात हुँदैन खाली” योजना



काठमाडौँ २ असोज । रेमिटेन्स कम्पनी आईएमईले नेपालीहरुको महान पर्व विजया दशमीलाई लक्षित गरि “आईएमई हात हुँदैन खाली” योजना सार्वजनिक गरेको छ ।

“आईएमई हात हुँदैन खाली” योजना आश्विन १ गते देखि आश्विन ३० सम्म लागु हुने कम्पनीले जनाएको छ । योजनामा नेपाल भरका १ सय ४७ आईएमई सेन्टर लगायत  ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर र साझेदार बैंक तथा वित्तीय संस्थाहरुका सेवाग्राही सहभागी हुन सक्नेछन् ।  योजनाबाट विदेशमा रहेका नेपालीले आईएमईमार्फत् रकम स्वदेश पठाइ उपहार  प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले विदेशबाट आईएमई गर्नेको लागि आईएमई ब्रान्डेड टि-सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहारको  व्यवस्था गरेको छ । साथै दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई  २ वटाका दरले चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराउनेछ ।

त्यस्तै  साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराउनेछ । लक्की ड्र को नतिजा कम्पनीको आधिकारिक वेभसाईट,  सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिने आईएमईका प्रमुख–बजार तथा व्यापार प्रवन्धक डेनियल डी. श्रेष्ठले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।

कम्पनिले ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिदै आएको छ  ।

प्रकाशित : २ आश्विन २०७३, आईतवार १२:४०