पाँच जलविद्युतले सेयर निष्कासन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पाँच जलविद्युतले सेयर निष्कासन गर्दै



stockकाठमाडौं, ४ असोज । पाँच वटा जलविद्युत कम्पनी र एउटा लघुवित्त संस्थाले प्रारम्भिक सेयर निष्कासन गर्दै छन् । आईपीओ निष्कासन अनुमतिका लागि ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।

बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउँछ । ती कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ६० करोड ३० लाख रुपैयाँ बराबरको ६० लाख ३० हजार कित्ता सेयर निष्कासन गर्न लागेका हुन् । सामान्यतया अनुमति पाएको मितिले २ महनिाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, आँखुखोला जलविद्युत कम्पनी, अरुण काबेली पावर र छ्याङदी हाइड्रो पावर कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । ती मध्ये अरुण काबेली बाहेक ४ वटा कम्पनीले स्थानीयबासीका लागि सेयर निष्कासन गर्न लागेका हुन् । आजको कान्तिपुर दैनिकबाट ।

प्रकाशित : ४ आश्विन २०७३, मंगलवार ०२:५८