सहकारी अभियान थाकेको घोडा जस्तो भयोः मुख्यमन्त्री पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी अभियान थाकेको घोडा जस्तो भयोः मुख्यमन्त्री पाण्डे



काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे सहकारी अभियान थाकेको घोडा जस्तो भएको बताएका छन् । सहकारी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन नीतिगत तहमा धेरै काम भए पनि त्यसको वेवस्ता गर्दै बसेको आरोप लगाएका हुँन ।


अहिले सहकारी नेताहरु नीतिगत समस्या हल भएको र अब आन्दोलन सकिएको भ्रम लिएर बसेको समेत बताए । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभाको एकाई (३) अन्तर्गत बागमती प्रदेशस्तरीय सभामा मन्त्री पाण्डेले सहकारी एेन सुधारमा धेरै काम गर्न बाँकी रहे पनि सहकारीका नेताहरु अब सबै काम सकियो भनेर चुप बसेको बताए ।

मन्त्री पाण्डेले सहकारी ऐन पूर्णरुपमा अभियानको हितमा आइनसकेको बताउदै यसका लागि एकिकृत भएर लाग्नु पर्ने बताए । सहकारीको उत्पादनलाई उत्पतीको प्रमाण पत्र सहकारी महासंघले दिन पाउने ऐनमा गरेको ब्यवस्था लागु गर्न नसकेको बताए । सहकारीका समस्याका बारेमा नितिगत अडान लिन नसकेको र आन्दोलन गर्न सकिएको नबुझिदिन आग्रह गरे ।

उनले सहकारीको प्रवद्र्धन विकास र समस्या समाधानकालागि प्रदेशमा छुट्टै सहकारी मन्त्रालय स्थापना गरेको बताए । सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नियमनलाई कडाइ गर्ने बताए ।

प्रकाशित : २४ पुष २०७८, शनिबार १७:२२