चन्द्रागिरि साकोसको २० औं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्रागिरि साकोसको २० औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाकोे २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भौगोलिक क्षेत्र र सदस्यता नम्बरको आधारमा विभिन्न ईकाईहरुमा उपस्थिति सभा र उपस्थिति सभाबाट निर्णयका लागि चुनिएका सदस्यहरुको उपस्थितिमा निर्णय प्रमाणिकरण सभा गरी २० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभामा कायम रहेको कुल सदस्य संख्या १४ हजार २२६ जना मध्ये १० हजार ६६३ जना सदस्यले उपस्थिति सभामा उपस्थिति दर्ता गरी वार्षिक प्रतिवेदन र संस्थाका सेवाहरुका बारेमा विभिन्न राय सल्लाहरु राखेका थिए । संस्थाले पौष २४ गते ग्रीनल्याण्ड बैंङ्गक्वेट थानकोटमा निर्णय प्रमाणीकरण सभा सम्पन्न गरेको हो ।

सभामा बागमती प्रदेश, कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले सहकारी संस्था दिगो हुनको लागि कर्मचारी, सञ्चालक र सदस्यहरु सक्रिय हुनु पर्ने बताए । उनले उत्पादनमुलक क्षेत्रमा सहकारीका सेवा केन्द्रित हुनुपर्ने धारण राखे ।

उनले किसानहरुले सधैं भोग्दै आउनु परेको रासायनिक मलको समस्या समाधानको लागि मन्त्रालयले गुरुयोजना बनाएर अगाडी बढिरहेको बताए ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारी र स्थानीय तहको सम्बन्ध र आफ्नो कार्यकालमा चन्द्रागिरि नगरपालिकामा भएका विकास निर्माण र प्रगतिहरुको चर्चा गरे ।

साधारण सभाले अध्यक्ष योगेन्द्रकुमार कुँवरले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७८/०७९ नीति तथा कार्यक्रम र बजेट र लेखापरीक्षण प्रतिवेदनका साथ विभिन्न १३ वटा प्रस्तावहरु पारित गरेको छ । संस्थाले रिक्त उपाध्यक्ष पदमा संस्थाका सदस्य हरिहर सिग्देललाई निर्वाचित गरेको छ ।

प्रकाशित : २५ पुष २०७८, आईतवार १२:५५