एनएमबी बैंकले वैदेशिक लगानी भित्र्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी बैंकले वैदेशिक लगानी भित्र्याउने



nmbकाठमाडाै  ४ असोज। एनएमबी बैंकको विदेशी रणनीतिक साझेदार यूरोपियन बैंक नेदरल्याण्ड फाइनान्सियरिङले मर्जरपछि घटेको तीन प्रतिशत सेयर हिस्सालाई २० प्रतिशतमा पुर्याउन २ अर्ब ३५ करोड बढी लगानी भित्र्याउने भएको छ ।

एनएमबी बैंकमा ट्रिपल रेटेट यूरोपियन बैंकले करिब अढाई अर्ब रुपैयाँ विदेशी लगानी थप्नुले नेपालमा अन्य वैदेशिक लगानी भित्र्याउन सकारात्मक वातावरण बन्ने अपेक्षा गरिएको छ ।

एनएमबी बैंकको चारवटा बैंक तथा बित्तीय संस्थासँग सफल मर्जरअघि एफएमओको सेयर हिस्सा १४ प्रतिशत थियो । तर, एनएमबीले पाथीभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रूडेन्सियल फाइनान्सलाई गाभ्दा एफएमओको सेयर हिस्सा घटेर ३ प्रतिशतमा सीमित बन्न पुगेको थियो ।

एफएमओले एनएमबी बैंकमा आफूहरुको सेयर हिस्सा २० प्रतिशत हुनुपर्ने शर्त राखेको र सो शर्त अनुसार अघि बढ्न बैंकको २० औं साधारणसभाले संचालक समितिलाई अख्तियारी समेत दिएको भन्दै एनएमबी बैंकले एफएमओसँग सम्झौता भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई दिएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालका अनुसार एफएमओसँग प्रति सेयर अंकित मूल्य रु. १०० मा रु. १५० प्रिमियम थपी  जम्मा २ सय ५० रुपैयाँमा एफएमओले एनएमबी बैंकको सेयर खरीदको सम्झौता सेप्टेम्बर १४ मै भएको हो । बैंक संचालक समितिको भदौ ३१ गते बसेको बैठकले एफएमओमार्फत करिब अढाई अर्ब विदेशी लगानी एनएमबी बैंकमा भित्र्याउने बिषयमा भएको सम्झौता समेत अनुमोदन गरिसकेको छ ।

प्रकाशित : ४ आश्विन २०७३, मंगलवार १५:०४