जिल्ला सहकारी संघ काठमाडौंको २२ औं वार्षिक साधारण सभा सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

जिल्ला सहकारी संघ काठमाडौंको २२ औं वार्षिक साधारण सभा सकियो



काठमाडौं। जिल्ला सहकारी संघ काठमाडौंको २२ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सो सभा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मघिमिरे, जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंका अध्यक्ष मनोजकुमार थापा मगर, कास्कूनका उपाध्यक्ष नवराज अर्याल लगायतको सहभागिता रहेको थियो । साधारण सभाको सभापतित्व संघका अध्यक्ष ज्ञानबहादुर तामाङले गरेका थिए ।

सभामा संघका अध्यक्ष ज्ञानबहादुर तामाङले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८/०७९ को लागि प्रस्तावित बजेट, नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा समितिको तर्फबाट संयोजक सुमन केसीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित : २७ पुष २०७८, मंगलवार १३:५६