सुब्बाको सहकारीमा २५ बर्ष भोगाई र अनुभूति पुस्तक विमोचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सुब्बाको सहकारीमा २५ बर्ष भोगाई र अनुभूति पुस्तक विमोचन



काठमाडाै । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित सहकारीमा २५ बर्ष भोगाई र अनुभूति नाम पुस्तक विमोचन भएको छ । महासंघको २९ औं बार्षिक साधराण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण शशि श्रेष्ठले पुस्तक विमोचन गर्नुभएको थियो ।

कुमाङ्ग सुब्बाले प्रकाशन गर्नुभएको पुस्तकमा सहकारी महासंघमा सुब्बाको २५ बर्षे यात्रा समेटिएको छ । पुस्तकका लेखक सुब्बाले सो पुस्तक विक्रीबाट प्राप्त रकमको १० प्रतिशत राष्ट्रिय सहकारी महासंघको सहकारी विकास कोषमा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले निरन्तरता र धैर्यताले सफलतामा पुग्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताउनुभयो । उहाँले महासंघको पहिलो महाप्रबन्धक नियुक्ति हुनु अघि उहाँले भोग्नु परेको चुनौतीलाई उहाँले रचनात्मक ढंगले प्रस्तुत गर्नुभएको बताउनुभएको छ ।

‘सहकारी अभियानको विकासक्रमको साक्षी हुँ । नेपालमा सहकारी अभियान शून्यबाट कसरी ७७ जिल्लाका गाउँ गाउँमा पुग्यो । एउटा अभिायनले कसरी सर्वसाधारणको जीवन बदल्यो ? पुस्तकमा समेट्ने कोशिस गरेको छु,’ सुब्बाले बताउनुभयो ।
‘म अभियानको एउटा प्रमुख साझेदार हु । सहकारी अभियानले मलाई बदल्यो, मैले आफै सक्रिय भएर धेरै मानिसको जीवन बदल्न सहयोग गरे । यो अभियानले देश बदल्न छ भन्ने मलाई विश्वास जागेको छ ।’ उहाँले पुस्तकको विषयमा बताउँदै भन्नुभयो ।


नेपालको सहकारी अभियानले कसरी चुलो चौकोमा सीमित महिलालाई परिवार, समाज हुँदै राजनीतिक मुल प्रवाहमा जोड्यो भन्ने प्रसंग पनि पुस्तकमा छ । ‘चुरापोतेका लागि पतिको मुख ताक्ने महिलाहरुलार्य कसरी घरको अर्थतन्त्रको मियाको रुपमा स्थापित ग¥यो । म यी कथाहरुको श्रृखला बोकेर आएकी छु ।’ उहाँले भन्नुभयो ।

प्रकाशित : २८ पुष २०७८, बुधबार १२:१८