प्रशोधित दूधको मूल्य बढाउने सरकारी तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रशोधित दूधको मूल्य बढाउने सरकारी तयारी



काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाएको छ ।

कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको छ, त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए । बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने बताए । कति रुपैयाँ मूल्य निर्धारण गरेको छ, त्यो उनले बताउन चाहेनन् ।

मन्त्रालय स्रोतका अनुसार हालको उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रति लिटरममा १० रुपैयाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपैयाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपैयाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस गरेको कृषि मन्त्रालयले जनाएको छ ।

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७।१४ रुपैयाँ देखाएको छ । त्यसमा २।३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०।५० रुपैयाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित : २८ पुष २०७८, बुधबार १२:३६