बतास समूहमाथी भएको प्रहार सिंगो व्यवसायीमाथीको प्रहार होः पोखरा उद्योग वाणिज्य संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बतास समूहमाथी भएको प्रहार सिंगो व्यवसायीमाथीको प्रहार होः पोखरा उद्योग वाणिज्य संघ



काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले बतास समूहमाथी भएको प्रहार सिंगो व्यवसायीमाथीको प्रहार भएको जनाएको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएकाे हाे ।

संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बतास व्यक्ति होइन, व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायी माथीकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्र हत्या गर्ने प्रवृतिले लगानीको वातावरण बन्दैन भन्नेमा हामी सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

प्रकाशित : २८ पुष २०७८, बुधबार १८:२९