कुन नोट छाप्न कति खर्च ? देशलाई कति फाईदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुन नोट छाप्न कति खर्च ? देशलाई कति फाईदा



money2-390x293काठमाडौं,  ५ असोज । नेपाल राष्ट्र बैंकले अघिल्लो पटकको तुलनामा यसपटक सस्तो दरमा नोट छापेको छ । डलरको मुल्य उकालो लागेको र नेपाली रूपैयाँको अवमुल्यन भएको समयमा पनि सस्तो दरमा नोट छाप्नुलाई उसले सफलता भनेको छ ।गत हप्ता नेपाल अार्थिक पत्रकार समाजको साधारणसभामा समेत गभर्नर डा चिरन्जिवी नेपालले सस्तो मुल्यमा अाफुले नोट छापेको र देशलाई ठुलै अार्थिक व्यभारबाट मुक्ती दिन सफल प्रयास गरेको दाबी गरेका थिए ।

१००० को नोट

सन् २०१६ मा १००० दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाई १.९० रुपैयाँ खर्च । अघिल्लोपटक सन् २०१४ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३.९२ रुपैयाँ प्रतिएकाइको तुलनामा ५१.५३ प्रतिशत कम । सन् २०१६ मा १००० को नोट छाप्दा ४०.४० करोड बचत ।

५०० को नोट

सन् २०१६ मा ५०० रुपैयाँ दरको १८ करोड थान नोट छपाउँदा प्रतिएकाइ २.९२ रुपैयाँ खर्च । यो खर्च अघिल्लोपटक सन् २०१३ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३.१३ रुपैयाँ प्रतिएकाइको तुलनामा ६.७१ प्रतिशत कम हो। सन् २०१६ मा ५०० रुपैयाँको नोट छाप्दा ३.७८ करोड रुपैयाँ बचत ।

१०० को नोट

सन् २०१५ मा १०० रुपैयाँ दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाइ २.१५ रुपैयाँ खर्च । यो अघिल्लोपटक सन् २०१२ मा सोही दरका नोट छपाउँदा भएको खर्च २.५९ रुपैयाँ प्रतिएकाइको तुलनामा १६.९९ प्रतिशत कम। २०१५ मा १०० रुपैयाँ दरको नोट छपाउँदा ८.८० करोड रुपैयाँ बचत ।

५० को नोट

सन् २०१५ मा ५० रुपैयाँ दरको २४ करोड थान नोट छपाउँदा प्रतिएकाइ १.४८ रुपैयाँ खर्च । यो अघिल्लोपटक सन् २०१३ मा सोही दरका नोट छपाउँदा भएको खर्च २.०६ रुपैयाँ प्रतिएकाइको तुलनामा २८.१६ प्रतिशत कम। ५० रुपैयाँ दरको नोट छपाउँदा १३.९२ करोड बचत ।

२० को नोट छपाउँदा

सन् २०१६ मा २० रुपैयाँ दरको २१ करोड थान नोट छपाउँदा प्रतिएकाइ १.११ रुपैयाँ खर्च । यो अघिल्लोपटक सन् २०१३ मा सोही दरका नोट छपाउँदा भएको खर्च २.१ रुपैयाँ प्रतिएकाइको तुलनामा ४७.१४ प्रतिशत कम हो।२० रुपैयाँ दरको नोट छपाउँदा २०.७९.९२ करोड बचत। सुरक्षा विशेषता सबै नोटमा पहिलेभन्दा बढी । आजको नागरिक दैनिकबाट ।

प्रकाशित : ५ आश्विन २०७३, बुधबार ०३:०७