सहकारी बैंकले पठायो सदस्यको खातामा १५ प्रतिशत लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी बैंकले पठायो सदस्यको खातामा १५ प्रतिशत लाभांश



ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य संस्थाको खातामा १५ प्रतिशत लाभांश राखिदिएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को कारोबारबाट शेयर सदस्य संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको हो । बैंकको १८ औं वार्षिक साधारण सभा सकिएकै दिन शुक्रवार बैंकले लाभांस सदस्य संघ संस्थाको खातामा पठाएको हो ।

साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएको अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । बैंकले ७ वटै प्रदेशमा एकाईगत रुपमा सभा गरेको थियो । एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार सम्पन्न भएको हो । शुक्रवार नै देशभरका सहकारीहरुको खातामा लाभांशको रकम पठाइएको हो ।

बैंकले गत आर्थिक वर्ष ०७७/०७८ मा ३९ करोड ९५ लाख रुपैया लाभांश वितरण गरेको छ । सहकारी बैंकले विगत ४ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समावेस नगरीएको बैंकले जनाएको छ । बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूंजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

प्रकाशित : १ माघ २०७८, शनिबार ०७:१३