समृद्धि फाइनान्सको २० औँ बार्षिक साधारण सभा सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समृद्धि फाइनान्सको २० औँ बार्षिक साधारण सभा सकियो



काठमाडाैं । समृद्धि फाइनान्सले २० औँ बार्षिक साधारण सभा पौष ३० गते सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडा, मकवानपुरको होटेल एभोकोडा आर्किड रिसोर्टमा सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीकोे अध्यक्षतामा सम्पन्न गरेको हो । सभामा भौतिक र भर्चुअल माध्यमबाट शेयरधनीहरुले सहभागीता जनाएका थिए ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने आ.व. २०७७÷०७८ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थापक र सर्वसाधरण समुहबाट संचालककको निर्वाचन गर्ने, फाइनान्सको मुख्य कार्यालय परिवर्तन गरि काठमाण्डौ – २८ मा रहेको केन्द्रिय कार्यालयमा स्थान्तरण गर्ने लगाएतका एजेन्डाहरु रहेका थिए ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन उपर प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

प्रकाशित : १ माघ २०७८, शनिबार ०७:२०