किसान लघुवित्तले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

किसान लघुवित्तले गर्यो लाभांश घोषणा



काठमाडाैं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको हिजो माघ ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित : ३ माघ २०७८, सोमबार ११:०७