अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा अधिकारी नियुक्त



alpine-1काठमाडौं, ६ असोज । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा शुदर्शनप्रसाद अधिकारी नियुक्त भएका छन् । भदौ २५ गते बसेको कम्पनीको १६औँ सञ्चालक समितिको बैठकले अधिकारीलाई दोश्रो कार्यकालका लागि संस्थापक निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारीले आगामी चार बर्षसम्म कम्पनीको संस्थापक निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीले संस्थापक निर्देशकमा अधिकारी रहेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।

प्रकाशित : ६ आश्विन २०७३, बिहीबार १४:२४