लुम्बिनी विकास बैंकका थप दुई शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लुम्बिनी विकास बैंकका थप दुई शाखा विस्तार



काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले थप नयाँ दुई शाखाको शुभारम्भ गरेको छ । देशका विभिन्न ठाउँमा रहेका आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मंगलबारदेखि थप दुई शाखाहरुको शुभारम्भ गरेको हो । नयाँ शाखाहरुमा ७८ औँ शाखाको रुपमा दांगको तुल्सीपुर उप–महानगरपालिका वडा नं. ५ “ख” लाइन र ७९ औँ शाखाको रुपमा रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. ४ ट्राफिक चोकमा रहेको बैंकले जनाएको छ ।

दुईवटा नयाँ शाखाहरुको बिस्तारसँगै लुम्बिनी विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरी ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको बैंकले जनाएको छ ।

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब ३ लाख ८० हजार ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित : ३ माघ २०७८, सोमबार १७:२७