सहकारीमा खटिनेलाई बुस्टर डोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीमा खटिनेलाई बुस्टर डोज



काठमाडौं । सहकारीमा खटिने व्यक्तीहरुले अग्रपंतिमा खोप लगाउन पाउने भएका छन् । सरकारले सहकारी क्षेत्रमा खटिने व्यक्तीलाई पनि अग्रपंक्तिमा खोप लगाउन निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सहकारी विभागलाई पत्रचार गरी सहकारी संस्थामा काम गर्ने तथा सहकारीमा आवद्धलाई बुष्टर मात्रा खोप लगाउनकालागि समन्वय गर्न भनेको छ ।

मन्त्रालयले अग्रपंतिमा खटिने तथा सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तीहरुलाई कोभिड १९ विरुद्ध खोपको बुष्टर मात्रा दिनकोलागि सम्वन्धित निकायलाई पत्रचार गरि खोप दिन सुरु गरिसकिएको जनाएको छ । मन्त्रालयले सहकारी संस्था सार्वजनिक क्षेत्र र यसमा काम गर्ने व्यक्तीलाई अग्रपंतिमा खोप दिन भनेको हो ।

प्रकाशित : ४ माघ २०७८, मंगलवार २०:३१