पैसा छ ? यी कम्पनीले आइपिओ निष्काशन गर्ने तयारीमा छन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

पैसा छ ? यी कम्पनीले आइपिओ निष्काशन गर्ने तयारीमा छन्



काठमाडौं । नेपाल धितोपत्र बोर्डले विगत ६ महिनादेखि रोकेर राखेको आइपिओ निष्काशन प्रकृयाँलाई खुला गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ वटा कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो । बोर्डले बलेफी हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावर, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जालपा सामुदायित लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले अनुमति पाएका हुन् ।

बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ, जालपा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँको आइपिओ निष्काशनको अनुमति पाएका हुन् ।

प्रकाशित : ६ माघ २०७८, बिहीबार ११:५७