प्योर लभ नेपाल प्रशिक्षण सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्योर लभ नेपाल प्रशिक्षण सम्पन्न



20160923_080725हेटौडा ७ असोज । सिद्धान्त अनुसन्धान् महाविद्यालय संघ नेपालका  सदस्यहरु सानुकान्छा घलान, तनुजा सुर्खेती,एक्का बहादूर घिसीङ्ग र प्रकाश बस्नेत द्वारा श्री सिद्धार्थ उच्च  माध्यमिक विद्यालय, हेटौडा—२, मकवानपुरमा   ‘प्योर लभ नेपाल’ शीर्षकमा अधारित रहेर ( प्रशिक्षण सञ्चालन गरेको छ ।

संघले युवावर्गमा अहिले आइरहेको विचलनमा सुधार ल्याउने उद्देश्यले ‘प्योर लभ नेपाल’ भन्ने नयाँ अभियान संचालनमा ल्याएको छ । नैतिकता र पवित्रता मानव शक्ति र व्यक्तित्व हो । अनैतिक कार्यले मानिसको अन्तस्करणको शक्तिलाई ह्रास गर्ने मात्र होइन सवल र आदर्श परिवार, समाज र राष्ट्र निर्माणको लक्ष्यलाई नै रोकिदिन्छ ।

अनैतिकताले परिवार विखण्डन, सामाजिक अपराध बढिरहेको मात्र होइन सामाजिक उन्नयन र आर्थिक समृद्धिको ढोका पनि बन्द गरिदिन्छ भन्ने तथ्यलाई जोड दिएको छ । उक्त कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब ८० जना  छात्रछात्राहरुको सहभागि रहेको जानकारी संघका जिल्ला संयोजक सुबास लामाले दिए । कार्प नेपालले नैतिक–सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक ज्ञानमूलक, सेवामूलक र चेतनामूलक जस्ता कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

प्रकाशित : ७ आश्विन २०७३, शुक्रबार १६:०३