निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने



काठमाडौं । शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं उपत्यकामा भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको हो ।

बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको हो ।

त्यस्तै, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने निर्णय गरेको छ । भोलिदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार ०८:५६