सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार



काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बंैकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्ने उद्देश्य अनुसार विभिन्न स्थानमा शाखा बिस्तार गरेको छ ।

सोही क्रममा माघ ७ शुक्रबार बैंकले प्रदेश ३, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा ८४ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको थियो । साथै शनिबार बैंकले प्रदेश १, ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा ८५ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी फुलासीका श्री बसन्त कुमार लामा र कुन्तादेविका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।


बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ९ माघ २०७८, आईतवार १६:०६